जब विमान ल्याण्ड हुने समयमा दुवै पाइलट निदाए...

जब विमान ल्याण्ड हुने समयमा दुवै पाइलट निदाए...

एजेन्सीः सुडानबाट इथियोपियातर्फ गइरहेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८०० विमानमा दुई पाइलट थिए। तर जब इथियोपियाको विमानस्थलछेउ पुग्यो, विमानका दुवै पाइलट निदाए।

विमान ल्याण्ड हुन सकेन। ओभरसुट भयो। ओरालो लाग्नुपर्ने प्लेन उडिरह्यो।

यो घटना गत सोमबारको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले एभिएशन हेराल्डलाई उद्धृत गर्दै यसबारे समाचार लेखेको छ।

रिपोर्टअनुसार अद्दिस अबाबा बोले अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुनुपर्ने समयमा सो विमान ३७ हजार फिटको उचाइमा क्रुज गरिरहेको थियो। एयर ट्राफिक कन्ट्रोलबाट विमानसँग सम्पर्क गर्ने थुप्रै प्रयास गरिएको थियो। यद्यपि जब विमानले रनवे कटेर अघि बढ्यो तब अलार्म बजाइएको थियो।

त्यसको २५ मिनेटपछि बल्ल विमान ल्याण्ड भएको थियो। विमानमा रहेका सबै सुरक्षित थिए।

यसबारे इथियोपियन एयरलाइन्सले पनि पुष्टि गरेको छ।

भदौ ४, २०७९ शनिबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।