प्रेमगञ्ज समीक्षा: असफल प्रेमीको कथा देखाउन सफल फिल्म, तर टिकटकको क्लिप जस्तो 

प्रेमगञ्ज समीक्षा: असफल प्रेमीको कथा देखाउन सफल फिल्म, तर टिकटकको क्लिप जस्तो 

मन पर्नु र मन नपर्नु व्यक्तिको रोजाइ हो। कसैलाई गुलाफ मन पर्नसक्छ, कसैलाई गुराँस।

शुक्रबारबाट सिनेमा हलमा लागेको फिल्म 'प्रेमगञ्ज' बौद्धिक भनिने जमातका लागि मन नपर्नसक्ने फिल्म हो। तर यसले बोकेको कथालाई निर्देशकले जसरी सरल दृश्य भाषामा भनेका छन्- अर्को जमातलाई भने यो फिल्म मनपरेको छ।

क्यामेराले फिल्मको कथा भनेको छैन। विम्ब केही प्रयोग भएको छैन। फिल्म स्कुलले सिकाउने प्राविधिक पक्षको प्रयोग त छ, भारी बनाएर दर्शकमाथि लादिएको छैन।

उत्तिकै महत्त्वपूर्ण पात्र मैनाको भने आवश्यक कथा पनि भनिएको छैन। यसले भने खल्लो बनाउँछ। राजा र मैनाको विछोड भएपछि मैना के गर्दै थिइन्? कसरी काठमाडौंमा यौनकर्मी बनिन्? जस्ता कुरा देखाइएको छैन। 

फिल्ममा उही पुरानै त्रिकोणात्मक प्रेमकथा छ। त्यसमाथि एक जना मात्रै चलेकी नायिका। निर्देशक पनि नयाँ। यी लगायत थुप्रै कारण छ एउटा जमातले फिल्म मन नपराउनसक्ने।

त्यसमाथि पुरानै निर्देशक, कलाकारको हरिबिजोग फिल्म हेरेकाहरू यस्ता सस्ता प्रेमकथा हेर्न हलसम्म के जान्थे र!

जे होस्, प्रेमगञ्ज कसै-कसैलाई अहिलेसम्मकै उत्कृष्ट पनि लागिरहेको छ।

किनकी फिल्म सबै दर्शकले बुझ्नेगरी बनाइएको छ। कसको माध्यमबाट के कथा भन्न खोजिएको प्रष्ट देखिन्छ। कलात्मक बनाउन जे पनि गरिएको छैन।

०००
फिल्ममा मुख्य पात्र राजाको कोणले कथा भनिएको छ। स्कुले ठिटो राजाको प्रेम र त्यस समयमा उनको दौडधूप देखाइएको छ। मैना भेट्न राजा लालयित हुनुदेखि पागल प्रेमी बन्नेसम्मका हर्कत गरेको देखाइएको छ। 

तर उत्तिकै महत्त्वपूर्ण पात्र मैनाको भने आवश्यक कथा पनि भनिएको छैन। यसले भने खल्लो बनाउँछ। राजा र मैनाको विछोड भएपछि मैना के गर्दै थिइन्? कसरी काठमाडौंमा यौनकर्मी बनिन्? जस्ता कुरा देखाइएको छैन।

९० को दशकमा बलिउडमा प्रयोग हुने सूत्रबाट बनाइएको यो फिल्ममा विजय सेतुपति र तृषा कृष्णान्‌को दक्षिण भारतीय फिल्म '९६'को स्वाद आउँछ।

उत्सुक भएर चलचित्र हेरिरहेका दर्शक यहाँ निराश हुन्छन्।

फिल्ममा एउटा रमाइलो घटना छ। नौलो पनि। ९० को दशकको हिन्दी र अलि अगाडिको नेपाली फिल्ममा खलनायकले नायिकामाथि बलात्कार गरेको वा गर्न खोजेको दृश्य खुब देखाइन्थ्यो। यो फिल्ममा ठ्याक्कै उल्टो दृश्य छ। यसले सर्प्राइज्ड बनाउँछ।

फिल्ममा नयाँ कलाकारको बाहुल्य छ। तर अभिनय कतै पनि अपरिपक्व लाग्दैन। नयाँ कलाकारहरूमा टिकटकबाट चर्चा कमाएका राइडर प्रसानको भविष्य सुन्दर देखिन्छ। त्यस्तै सुप्रिया खनाल र सिम्रन खड्काको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन।

डेब्यू कलाकार तेज गिरीको अभिनय परिपक्व लाग्छ। सम्पदा बानियाँ र बेनिशा हमालको अभिनय सुन्दर छ। 

फिल्मका अन्य कलाकारहरू रश्मी भट्ट, नरेश पौडेल, गीता अधिकारी, सञ्जोक रसाइली, पवन भट्टराई लगायतको अभिनय पनि अस्वाभाविक लाग्दैन।

फिल्मका गीतहरू पनि भारी छैनन्। कथा बोकेका छन्। जसले गर्दा फिल्म र दर्शक कनेक्ट भइरहन्छन्। 

९० को दशकमा बलिउडमा प्रयोग हुने सूत्रबाट बनाइएको यो फिल्ममा विजय सेतुपति र तृषा कृष्णान्‌को दक्षिण भारतीय फिल्म '९६'को स्वाद आउँछ।

प्रेमकथा मन पराउने, स्कुले जीवनको प्रेम हेर्न रुचाउने दर्शकलाई यो फिल्म गतिलो खुराक हुनसक्छ।

फिल्मको अर्को सशक्त पाटो यसको अन्त्य हो। अन्य तथाकथित कलात्मक फिल्ममा जस्तो फिल्मको एण्डिङ गर्न निर्देशक चुकेका छैनन्।

तीन घण्टा लामो फिल्ममा स्लो मोशनकै कारण केही दृश्यमा लिपसिंक समेत मिलेको छैन। फिल्म टिकटकको क्लिपहरूको सँगालोजस्तो बन्न पुगेको छ।

निर्देशक मनोज पण्डितले मैनाको छोरी बनेकी सुरक्षा पन्तलाई प्रश्न सोध्छन्, 'साँच्ची तिम्रो बुवा को हो?' अनि सुरक्षाको जे उत्तर दिन्छिन्, त्यसले फिल्मलाई अनपेक्षित बनाइदिन्छ।

प्रेमगञ्ज प्रेमकथा हो। तर मुख्य द्वन्द्व बाबुबिनाको सन्तान र त्यो सन्तानले प्रेम पाउन गरेको संघर्ष हो। यसलाई फिल्मको अन्त्यले न्याय गरेको छ।

पुरानै कथा भए पनि नौलो प्रस्तुतिका कारण फिल्म हेर्नलायक बनेको छ।

०००
यति हुँदाहुँदै पनि फिल्ममा केही कमजोर पक्ष छन्।

प्रायः सटहरू स्लो मोशन गरिएको छ। दृश्यलाई प्रष्ट पार्न, दर्शकको इमोशनलाई बाँधिराख्न स्लो मोशनको प्रयोग गरिन्छ। तर प्रेमगञ्जमा भने धेरैजसो सटमा स्लो मोशन छ। अरू त अरू फास्ट बिटको गीतमा समेत स्लो मोशन प्रयोग भएको छ।

अनि सोही गीत दुई पटक उस्तै तरिकाले दोहोरिँदा सहन गाह्रो पर्छ। 

तीन घण्टा लामो फिल्ममा स्लो मोशनकै कारण केही दृश्यमा लिपसिंक समेत मिलेको छैन। फिल्म टिकटकको क्लिपहरूको सँगालोजस्तो बन्न पुगेको छ।

कविताको शैलीमा भनिएका संवादमा पन्चलाइन त छ तर बनावटी पनि छ। यसले गर्दा दर्शकले इमोशन महसुस गर्न सक्दैनन्।

केही दृश्यहरू पटक पटक दोहोरिन्छ। टिकटकमा एक मिनेटको भिडियो त लामो मानिने समयमा फिल्मलाई बिनाअर्थ लम्ब्याउनु अर्को कमजोरी हो। यसरी हेर्दा एडिटिङमा राम्रो काम हुन नसकेको देखिन्छ।

फिल्ममा कतै-कतै ब्याकग्राउण्ड म्युजिक निकै लाउड सुनिएको छ। यसले गर्दा कलाकारको अभिनय र इमोशन छायामा परेको छ। 

फिल्ममा संवादको काम मध्यम छ। कुनै संवादले मनमा च्वास्स घोच्छ, कुनै संवाद निकै 'क्रिन्ज' लाग्छ। सस्तो लाग्छ। कविताको शैलीमा भनिएका संवादमा पन्चलाइन त छ तर बनावटी पनि छ। यसले गर्दा दर्शकले इमोशन महसुस गर्न सक्दैनन्।

असफल प्रेमीहरू यो फिल्मका टार्गेटेड अडियन्स हुन्। बाबुबिनाकी  छोरीसँग प्रेममा पर्दा कसरी त्यो युवाको जिन्दगीमा उतार चढाव आयो भन्नेकुरा फिल्ममा देखाइएको छ।

यो फिल्म क्यामराको कोण, एब्स्ट्र्याक्ट खोज्ने, स्लो सिनेमा उत्कृष्ट देख्ने, फर्मुलामा बनेका फिल्म गतिला हुँदैनन् भन्ने तथा फिल्म पढेको ठान्ने दर्शकका लागि भने यातना हो। 

प्रेम कथामा रमाउन र मनोरञ्जन लिन हल जानेहरूका लागि भने यो उत्कृष्ट फिल्म हो।

भदौ ४, २०७९ शनिबार १०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।