दिल्लीका उपमुख्यमन्त्रीको घरमा १२ घण्टाको छापा, आफन्तले १ करोड कमिसन लिएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता

दिल्लीका उपमुख्यमन्त्रीको घरमा १२ घण्टाको छापा, आफन्तले १ करोड कमिसन लिएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता

एजेन्सी : भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदियाको घरमा १२ घण्टाको छापामारी भएको छ।

शुक्रबार बिहान सवा ८ बजेदेखि सुरु भएको छापा राति साढे ८ बजे सकिएको भारतीय मिडियाले जनाएका छन्। १२ घण्टाको छापामारी पछि सिआईबीले सिसोदियाविरुद्ध विभिन्न आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनका नजिकका आफन्त अमित अरोडा, दिनेश अरोडा र अरुण पाण्डेले मदिरा व्यापारीसँग १ करोड रुपैयाँ कसिसन लिएपछि सिसोदियालाई पनि मुख्य आरोपी बनाइएको छ। कसिसनको बदलामा उनीहरूले लाइसेन्स दिने गरेको आरोपपत्रमा उल्लेख छ।

आरोपपत्रमा इन्डोस्प्रिट्स कम्पनीले दिनेश अरोडाको कम्पनीलाई १ करोड रुपैयाँ दिएका थिए। अर्जुन पाण्डेले भने विजय नायरको तर्फबाट समीर महेन्द्रुसँग दुई देखि चार करोड रुपैयाँ लिएको आरोप छ। पछि यहि पैसा सरकारी अधिकारीहरुलाई पठाइएको उल्लेख छ।

आबकारी मन्त्रालयसमेत सम्हालिरहेका सिसोदियासहित मन्त्रालयका तीन कर्मचारी, ९ मदिरा कारोबारी र दुई कम्पनीमाथि मुद्दा दायर गरिएको छ।

भदौ ३, २०७९ शुक्रबार २१:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।