सिरियामा हिंसात्मक झडप, १३ सर्वसाधारणको मृत्यु

सिरियामा हिंसात्मक झडप, १३ सर्वसाधारणको मृत्यु

एजेन्सी : सिरियाको टर्कीसँग जोडिएको उत्तरी सीमामा पछिल्लो पटक भएका हिंसात्मक झडपमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ।

कुर्द नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेसमाथि टर्कीको सेना र उनीहरूका सिरियाली समर्थकविरुद्ध बढ्दो तनावको पृष्ठभूमिमा यो रक्तपात भएको हो।

टर्कीको नियन्त्रणमा रहेको सिरियाली सेनाको नियन्त्रणमा रहेको सीमावर्ती शहर अल–बाबमा सिरियाली सरकारले शुक्रबार बिहान गरेको गोलाबारीमा नौ जना सर्वसाधारणको मृत्यु भएको बेलायतस्थित ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ।

उक्त मानव अधिकारवादी संस्थाले भनेको छ, ‘आक्रमणमा परी मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् भने कम्तीमा ३० जना घाइते भएका छन्।’

कुर्दिश बहुल एसडीएफका एक प्रवक्ताले आफ्नो संलग्नता अस्वीकार गरेका छन् । गोलाबारी एक व्यस्त बजार क्षेत्रमा भएको थियो। आक्रमणपछि स्थानीय बासिन्दाहरू आक्रमणमा परेका मानिसहरूको उद्धारमा खटिएका थिए।

भदौ ३, २०७९ शुक्रबार १७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।