काठमाडौंमा हैजा संक्रमणदर तीव्र, एक सातामै १० जना संक्रमित

काठमाडौंमा हैजा संक्रमणदर तीव्र, एक सातामै १० जना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा हैजा संक्रमण तीव्र रूपमा फैलँदै गएको छ।

एक सातामा उपत्यकामा १० जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आइतबारसम्म ४९ जनामा देखिएको हैजा शुक्रबारसम्म आइपुग्दा ५९ जनामा फैलिसकेको छ। फोहोर व्यवस्थापन र वर्षाका कारण हैजा फैलिएको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए।

आइतबारसम्म ४९ जनामा देखिएको संक्रमण सोमबार कसैलाई पनि देखिएन। मंगलबार तीन जना, बुधबार दुई जना, बिहीबार तीन जना र शुक्रबार थप दुई जनामा संक्रमण देखिएको हो।

एक सातामै १० जनामा हैजाको संक्रमण देखिनु एकदमै गम्भीर अवस्था भएको भन्दै स्वास्थ्य सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गर्दै आएका छन्। उनीहरूले स्वस्थ्य खानेकुरा र उमालेको पानी मात्र पिउन सुझाव दिएका छन्।

भदौ ३, २०७९ शुक्रबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।