छोरीलाई लिएर तेस्रो फिल्म बनाउँदै झरना

छोरीलाई लिएर तेस्रो फिल्म बनाउँदै झरना

काठमाडौं : नायिकाबाट निर्देशकको छवि बनाएकी झरना थापाले पुनः आफ्नै छोरीलाई मुख्य भूमिकामा लिँदै नयाँ फिल्म बनाउने भएकी छिन्।

‘भागवत गीता’ नाम दिइएको फिल्मको शुक्रबार भर्चुअल रूपमा घोषणा गरियो। झरनाका पति सुनिल थापाको निर्माणमा बन्ने फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ।

फिल्म घोषणाको क्रममा सार्वजनिक भिडियोमा सुनिल–झरनापुत्री सुहाना थापा देख्न सकिन्छ। मधेशी पहिरन पहिरिएकी उनलाई जनकपुर मन्दिरमा खुसी र दुःखको भावमा देखिन्छ।

२०८० वैशाख १ गतेको प्रदर्शन मिति तोकिएको फिल्मका अन्य कलाकारहरू घोषणा हुन भने बाँकी छ।

झरनाले यसअघि आफ्नै लगानीमा छोरीलाई नै नायिका बनाएर ‘ए मेरो हजुर ३’ र 'ए मेरो हजुर-४' निर्देशन गरिसकेकी छन्। होम प्रोडक्सनभन्दा बाहिरको फिल्ममा उनले हात हालेकी छैनन्।

भदौ ३, २०७९ शुक्रबार १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।