किम जोनकी बहिनीले दक्षिण कोरियाली राष्ट्रपतिलाई भनिन्– ‘मुख बन्द राखेकै राम्रो’

किम जोनकी बहिनीले दक्षिण कोरियाली राष्ट्रपतिलाई भनिन्– ‘मुख बन्द राखेकै राम्रो’

एजेन्सी । उत्तर कोरियाली नेता जोन उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाका राष्ट्रपतिलाई मुख बन्द राख्न चेतावनी दिएकी छन्।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि तयार भए आर्थिक सहयोग दिने बताएपछि जोनले मुख बन्द राख्न भनेकी हुन्।

राष्ट्रपति योलले मे महिनामा राष्ट्रपतिको पद सम्हाल्दा यस्तो प्रस्ताव राखेका थिए। त्यसपछि उनले बुधबार राष्ट्रपति भएको १ सय दिनको अवसरमा गरिएको पत्रकार सम्मेलनमा पनि सोही प्रस्ताव दोहाेर्याएका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार दक्षिण कोरियामाथि उत्तर कोरियाको ठूलो नेताले सिधा टिप्पणी गरेको यो पहिलो पटक हो।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनए मार्फत जारी गरिएको विज्ञप्तिमा जोङले भनेकी छन्, ‘यदि उन (राष्ट्रपति योल)ले बेकारका कुरा गर्न छोडेर आफ्नो मुख बन्द राखे उनको ओहदाको लागि पनि राम्रो हुनेछ।’

जोनले दक्षिण कोरियाका राष्ट्रपतिलाई सोझो र बचपनयुक्त अभिव्यक्त गर्न छाड्न आग्रह गर्दै आर्थिक सहयोगको लोभ देखाएर उत्तर कोरियाको स्वाभिमान र परमाणु हतियारसँग सम्झौता गर्न खोजेको आरोप लगाइन्।

पछिल्लो समय किम यो जोङ दक्षिण कोरियाको सबैभन्दा ठूलो आलोचक बन्दै आएकी छन्। उनको पछिल्लो अभिव्यक्ति राष्ट्रपति योलमाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भदौ ३, २०७९ शुक्रबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।