बोल्ड भएर मात्र फिल्ममा जमिन्न, नपत्याए मुनालाई हेरौँ
काठमाडौँ : मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी मुना गौचनका लागि मोडलिङ जति फाप्यो त्यति फापेन अभिनय। मिस इको नेपाल २०१९ कि विजेता बनेकी उनले 'चपली हाइट-२' मा अनि 'जालो'मा अभिनय गरेकी थिइन्।
उनका लागि दुवै फिल्म फापेन। उनको सुन्दरता जति बलियो देखियो अभिनय त्यति नै फितलो। अब अभिनयले नै साथ नदिएपछि फिल्ममा अफर पनि के आउनु।
कक्षा ६ पढ्दै गर्दा ‘लिटिल मिस काठमाडौँ’ अनि एसएलसीपछि ‘एसएलसी प्रिन्सेस’ मा भाग लिएकी उनी हाउस अफ फेसनमा पनि आबद्ध भइन्।
हाइट, फिगर, लुक्स सब परफेक्ट छ उनको ग्लामर फिल्डका लागि। फिल्मी पर्दाका लागि उनी फिट नै हुन्। तर अभिनयमा कमजोर हुँदा उनले सोचेजस्तो सफलता पाउन सकेकी छैनन्।
फिल्ममा आबद्ध नभए पनि उनको विज्ञापन, फोटोशुट र म्युजिक भिडियोको काम भने टुटेको छैन। पछिल्लो समय उनी आफ्ना फ्यानमाझ इन्स्टाग्रामबाटै जोडिँदै आएकी छिन्।
अहिले उनी मालदिभ्समा छिन्। अनि उनको इस्टाग्राम त्यहीका समुद्रका बोल्ड एन्ड ब्युटिफूल फोटोहरूले भरिएका छन्।
भदौ २, २०७९ बिहीबार २३:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।