बन्चरेडाँडाको अवरोध हटेको पहिलो दिन २८४ ट्रक फोहोर पुग्यो
काठमाडौँ : बन्चरेडाँडामा फोहोर फाल्न दिनेबारे चार बुँदे सहमति भएको पहिलो दिन २ सय ८४ ट्रक फोहोर पुगेको छ। स्थानीयको अवरोध हटेपछि काठमाडौँ महानगरपालिकाले फोहोर उठाउने काम तीव्र बनाएको हो।
यही गतिमा फोहोर उठाउन सके केही दिनमै सबै फोहोर उठिसक्ने महानगरका मेयर बालेन शाहले दाबी गरेका छन्।
बिहीबारबाट फोहोर उठाएर बन्चरेडाँडा लैजान निजी व्यवसायीहरूले नि ट्रक उपलब्ध गराएर सघाएका थिए।
समानान्तरले निःशुल्क ३० वटा ट्रक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इन्धन महानगरले भर्ने गरी १८ वटा, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले समेत सघाएको थियो।
बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले अवरोध पुर्याउँदा डेढ महिनादेखि काठमाडौँ लगायतका नगरको फोहोर उठ्न सकेको छैन। फोहोर नउठ्दा सडक,चोक र गल्ली फोहोरको दुर्गन्धमय बनेको छ।
भदौ २, २०७९ बिहीबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।