छाडा शब्द म्युट गर्दै सेन्सर पास भयो विजय-अनन्याको फिल्म 'लाइगर'

छाडा शब्द म्युट गर्दै सेन्सर पास भयो विजय-अनन्याको फिल्म 'लाइगर'

एजेन्सीः विजय देवरकोण्डा र अनन्या पाण्डेको फिल्म 'लाइगर' प्रदर्शन हुन लाग्दैछ। यो प्यान इण्डियन (हिन्दी डबमा सिनेमा हलमा प्रदर्शन गरिएको) दक्षिण भारतीय फिल्म हो।

फिल्ममा दिग्गज बक्सर माइक टाइसन पनि छन्।

हालै भने लाइगरलाई सेन्सर बोर्डले यू/ए सर्टिफिकेट दियो। तर १६ वर्षभन्दामुनिका बालबालिकाले भने अभिभावकको साथमा मात्र हेर्न पाउनेगरी।

लाइगर सेन्सरबाट पास हुँदा दुई घण्टा २० मिनेटको बनेको छ। र सेन्सर बोर्डले फिल्मका केही छाडा र अपाच्य शब्दलाई म्युट गरिदिएको छ।

एउटा डायलग छ फिल्ममा 'वो तेरी चटाता है या तु इसकी चाटेगा' लाई 'लेजेन्ड तेरा चम्चा है या तु उसका चम्चा है' बनाइएको छ। यस्तै 'साइकल ठोको' भन्ने शब्दलाई म्युट गरिएको छ।

यस्तै छाडा शब्दहरू ५० प्रतिशत कम गरिएको छ। थुप्रै अन्य गाली तथा छाडा शब्द पनि म्युट गरिएको छ। यस्तै सेन्सर बोर्डले फिल्म युनिटलाई फिल्ममा भएको माझी औंला देखाएको दृश्य हटाउन भनेको छ।

लाइगर २५ अगस्टमा रिलिज हुँदैछ।

भदौ २, २०७९ बिहीबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।