टेक्ससमा खुलेकी स्वस्तिमा

टेक्ससमा खुलेकी स्वस्तिमा

काठमाडौँ : अमेरिकाको टेक्ससमा रहेकी अभिनेत्री स्वस्तिमा खड्काले समुन्द्री किनारमा ब्ल्याक बिकिनीमा खिचेको तस्बिर भाइरल भइरहेको छ अहिले।

इन्स्टामा अभिनेत्री स्वस्तिमा आफैले छ वटा बिकिनी पोजका तस्बिर सार्वजनिक गरेकी हुन्। बोल्ड देखिएकी उनी समुन्द्री पानिसँग रमाइरहेकी छिन्।

हालै प्रदर्शन भएको फिल्म 'चिसो मान्छे'मा उनको अभिनयको प्रशंसा भएको थियो। तर व्यापारिक रूपमा भने फिल्म जमेन।

सामाजिक सञ्जालमा सक्रिय भइनै रहने उनको फलोअर्स पनि राम्रै छन्। आफ्ना फ्यानका लागि उनी सञ्जालमा केही न केही पोस्ट गरिरहन्छिन्।

आधुनिक युवतीको क्यारेक्टरमा अभिनय गर्दै आएकी उनी पछिल्लो समय भने फरक चरित्रमा देखिन थालेकी छिन्। बुलबुलमा उनले अभिनय गरेको ट्याम्पो चालकको अभिनयले उनको फरक छवि स्थापित गराउन सफल भएको थियो।

दक्षिण भारतीय फिल्ममा पनि उनले आइटम नम्बरमा कम्मर मर्काएकी छिन्।

भदौ १, २०७९ बुधबार २२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।