ट्विटर अकाउन्ट खोल्दा एक महिलालाई ३५ वर्ष जेल सजाय

ट्विटर अकाउन्ट खोल्दा एक महिलालाई ३५ वर्ष जेल सजाय

एजेन्सी : ट्विटर अकाउन्ट खोल्दा साउदीकी एक महिलालाई ३५ वर्षको जेल सजाय सुनाइएको छ। साउदी अरेबियाको आतङ्कवादी सम्बन्धी मुद्दा मामिला हेर्ने विशेष अदालतले सल्मा अल साहिवलाई सो सजाय सुनाएको  हो।

ट्विटर अकाउन्ट भएकी ३४ वर्षीया महिला लिड्स युनिभर्सिटीकी छात्रा हुन्। दुई सन्तानकी आमा समेत रहेकी उनी छुट्टीको समयमा स्वदेश फर्किएकी थिइन्।

सोही समयमा उनलाई ट्विटर अकाउन्ट खोलेको र विभिन्न अधिकारकर्मीलाई ट्विटरमा फलो गरेको आरोपमा ३५ वर्षको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। 

यसअघि उनले नागरिक र राष्ट्रिय सुरक्षाको सम्बन्धमा इन्टरनेटमार्फत आफ्नो अभिव्यक्ति राख्दा ३ वर्षको जेल सजाय भोगेकी थिइन्।

पछिल्लो समय त्यहाँका राजकुमार मोहम्मद विन सलमानले ट्विटरमा हुने गतिविधिलाई नियन्त्रण गरिरहेको र  प्रयोगकर्तालाई निशाना बनाइएको बताइएको छ।

भदौ १, २०७९ बुधबार २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।