हाम्रो पात्रो हेल्थमा चिकित्सकसँग कन्फ्रेन्स कलको सुविधा

हाम्रो पात्रो हेल्थमा चिकित्सकसँग कन्फ्रेन्स कलको सुविधा

काठमाडौँ : हाम्रो पात्रो एपको 'हाम्रो पात्रो हेल्थ' सेवाको नयाँ संस्करणमा कन्फ्रेन्स कलसहितका नयाँ सुविधाहरू थपिएको छ। कम्पनीका अनुसार स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाबारे घरमै बसेर विज्ञ चिकित्सकहरूसँग परामर्श लिन सकिने छ।

कम्पनीका अनुसार एपमा विशेषज्ञ डाक्टरहरूले आफ्नो उपलब्धता राख्न सक्ने र उक्त समय तालिका अनुसार सेवा उपभोक्ताले विशेषज्ञ डाक्टरहरूसँग अपोइन्टमेन्ट लिएर र कुराकानी गर्न सकिने सुविधा थपिएको छ।

यसै गरी पहिलेको अनलाइन डाक्टरसँग तत्काल कुरा गर्न सकिने सेवा यथावत् नै छ। यसअघि बिरामी र डाक्टर दुई जना मात्र कलमा सहभागी हुन सकिने सुविधालाई आवश्यकता अनुसार परिवार या सहयोगी थप्न या बहुविधाका डाक्टरहरूले कन्फरेन्स कल गरेर एकै पटक कुराकानी गर्न सकिने सुविधा समेत थप भएको छ।

हाम्रो पात्रो इंकका फाउन्डर तथा सिइओ शङ्कर उप्रेतीले नयाँ सुविधा आएसँगै वैदेशिक रोजगारी र अध्ययनको क्रममा विदेशमा या देशभित्रै परिवारबाट टाढा भएका हरेक व्यक्तिले आफ्ना आमा बुवा तथा परिवारका सदस्यको स्वास्थ्य परामर्शमा परिवारका सदस्यहरूसँग कन्फरेन्स कलमा बस्न सक्ने बताए।

अनलाइन र व्यस्त डाक्टरको डाक्टरको विशेषज्ञता र अनुभवको सूचि हेरेर बिरामीलाई कुन डाक्टरसँग कुरा गर्ने भन्ने सजिलै निर्णय गर्न यो अपडेटले सजिलो बनाउन सेवाहरू थपेको कम्पनीको दाबी छ।

डाक्टरले आफ्नो अनुभवको आधारमा एपमा आफ्नो सेवा शुल्क निर्धारण गर्न सक्नेछन्। आफ्नो समय अनुकूल मिलाएर बिरामीको लागि उपलब्ध हुने समय तालिका अपडेट गर्न सक्ने र सेवाग्राहीलाई डाक्टरले तोकेको समयावधि भित्र निःशुल्क फलो-अपक्व सुविधा समेत राखिएको कम्पनीले जनाएको छ।  बिरामीले डाक्टरलाई उनीहरूको परामर्शको आधारमा रेटिङ र रिभ्यु पनि गर्न सक्नेछन्।

भदौ १, २०७९ बुधबार १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।