केन्यामा नयाँ राष्ट्रपति निर्वाचित, उपराष्ट्रपति रुटोले मारे बाजी

केन्यामा नयाँ राष्ट्रपति निर्वाचित, उपराष्ट्रपति रुटोले मारे बाजी

नैरोवी : केन्याका उपराष्ट्रपति विलियम रुटो राष्ट्रपतिमा निर्वाचित भएका छन्। निर्वाचन आयोगका प्रमुखले उनी राष्ट्रपतीय निर्वाचनमार्फत राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति रुटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गरेको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए। उनले ५०.४९ मत पाएका छन्।

उरुटोसँग प्रतिष्पर्धामा उत्रिएका प्रभावशाली विपक्षी नेता राइला अडिङगाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गरेका छन्। यो मत सङ्ख्या ४८.८५ प्रतिशत हो।  

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै नेता रुटोले आफ्ना प्रमुख प्रतिस्पर्धी लगायत सबैसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताए। उनले देशको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने अठोट पनि व्यक्त गरे।

भदौ १, २०७९ बुधबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।