भारतीय सुरक्षाकर्मी सवार बस नदीमा खस्यो, १० जवानको मृत्यु

भारतीय सुरक्षाकर्मी सवार बस नदीमा खस्यो, १० जवानको मृत्यु

एजेन्सीः भारतको कश्मीर क्षेत्रको पहलगाममा मङ्गलबार बिहान बस नदीमा खसेको छ। बिहान सवा ११ बजे भारत-तिब्बत सीमा पुलिस बल (आईटीबीपी)को एक बस सडकबाट एक सय फिट तल नदीमा खसेको हो।

दुर्घटनामा परी सीमा बलका १० जवानको मृत्यु भएको छ। बसमा आईटीबीपीका ३७ र जम्मु कश्मीर प्रहरीका दुई जवान सवार थिए।

ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बसमा सवार जवानहरू अमरनाथ यात्राको ड्युटी गरेर फर्किँदै थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार हाल घाइते सुरक्षाकर्मीहरूलाई अस्पताल पुर्याउन उद्धार कार्य जारी छ।

साउन ३१, २०७९ मंगलबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।