लाल सिंह चड्ढाले ७० र रक्षाबन्धनले ६० करोड भारु मात्र कमाउन सक्ने आकलन

लाल सिंह चड्ढाले ७० र रक्षाबन्धनले ६० करोड भारु मात्र कमाउन सक्ने आकलन

एजेन्सीः निकै चर्चा भएको र दक्षिण भारतीय फिल्मको अगाडि डुब्न लागेको बलिउडलाई जोगाउन सक्ने फिल्ममा लाल सिंह चड्ढालाई लिइएको थियो। तर फिल्म फ्लप भयो।

यस्तै हालत भयो रक्षाबन्धनको पनि। आनन्द एल राई जस्ता सफल निर्देशकले बनाएको फिल्म अनि रक्षाबन्धनकै दिन रिलिज भएको फिल्म। लाल सिंह चड्ढालाई कडा टक्कर दिनसक्ने आकलन पनि गरिएको फिल्म।

तर दुवै फिल्मले नमीठो घाटा व्यहोरे। अब भारतीय सञ्चारमाध्यमहरूले यी फिल्महरूको कमाइबारे पूर्वानुमान गरिरहेका छन्। त्यसमध्ये भास्करका अनुसार लाल सिंह चड्ढाले मुस्किलले ७० करोड र रक्षाबन्धनले करिब करिब ६० करोड भारु कमाउनसक्ने बताएको छ।

यसअनुसार आमिर खानको फिल्मले १०० करोड भारुको घाटा व्यहोर्ने तय छ। अक्षय कुमारको फिल्मले चाहिँ बजेटको ५० प्रतिशत कमाउँछ कि भन्ने आकलन गरिएको छ।

फरेस्ट गम्प जस्तो चर्चित र सर्वाधिक रुचाइएको हलिउड फिल्मको रिमेक लाल सिंह चड्ढाले बहिष्कारको समेत मार खेप्यो।

यता रक्षाबन्धनलाई अक्षय कुमारको गिर्दो स्टारडमले असर पारेको हुनसक्ने अनुमान छ।

साउन ३१, २०७९ मंगलबार ११:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।