वीरगञ्ज महानगरले १० हजार बोरा युरिया मल उपलब्ध गराउने

वीरगञ्ज महानगरले १० हजार बोरा युरिया मल उपलब्ध गराउने

पर्साः वीरगञ्ज महानगरपालिकाले नगरका किसानलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ। यसका लागि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ। 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल उपलब्ध गराउन समन्वय गरेका थिए। किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको ६ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए।

सहमतिपछि ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो।

साउन ३१, २०७९ मंगलबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।