'लाल सिंह चड्ढा'को तारिफ गरेपछि ऋतिक रोशन पनि बहिष्कारमा
एजेन्सीः सिनेमा हलमा प्रदर्शनरत चलचित्र 'लाल सिंह चड्ढा'लाई भारतभर बहिष्कार गर्ने अभियानै चल्यो। फलस्वरूप फिल्म फ्लप भयो।
अहिले सीमित दर्शकसामु सीमित स्क्रिनमा फिल्म चलिरहेको छ। १८० करोड भारुको फिल्मले मुस्किलले ३०-३५ करोड भारुको व्यापार गरेको छ।
अब लाल सिंहको तारिफ गरेकाले अर्का अभिनेता पनि बहिष्कारको अभियानमा परेका छन्। ऋतिक रोशनले फिल्मको तारिफ गरेपछि सामाजिक सञ्जालमा बोयकट विक्रम वेधा (#BoyCottVikramVedha) भनेर अभियान चलेको छ।
विक्रम वेधा ऋतिक रोशनको अपकमिङ फिल्म हो।
ऋतिकले आफूलाई लाल सिंह चड्ढा मन परेको र यसले मनलाई छोएको बताएका थिए। राम्रा नराम्रा पक्षलाई समग्रमा हेर्दा चलचित्र शानदार बनेको उनको दावी थियो। यस्तै उनले दर्शकलाई फिल्म हेर्न पनि आग्रह गरेका थिए।
बहिष्कार गर्नेहरूले उक्त अभिव्यक्तिबाट ऋतिकले आफ्नो आउँदो फिल्मको भाग्य लेखे भनेका छन्। आमिर खानको जस्तै दुर्भाग्य भोग्लान् त ऋतिकले पनि? यो हेर्न विक्रम वेधाको रिलिज कुर्नैिपर्छ।
साउन ३०, २०७९ सोमबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।