राष्ट्रपतिले नागरिकता विधेयक संसदमै फिर्ता पठाइन्

राष्ट्रपतिले नागरिकता विधेयक संसदमै फिर्ता पठाइन्

काठमाडौँ : एमाले, राप्रपा लगायतका दलले विरोध गर्दै आएका नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी छिन्।

'विधेयकमा सङ्घीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएको' भन्दै राष्ट्रपतिको कार्यालयले संसद्बाट पास भएर निर्णयका लागि आएको विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको हो।

प्रतिनिधिसभा र राष्ट्रियसभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औँ दिन राष्ट्रपतिले विधेयक पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएकी हुन्।

साउन २९, २०७९ आइतबार २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।