राजु श्रीवास्तवलाई होशमा ल्याउन अमिताभ बच्चनको आवाज सुनाइँदै
एजेन्सीः चर्चित कमेडियन राजु श्रीवास्तव केही दिनदेखि एम्स अस्पतालमा उपचाररत छन्। हृदयघात भएर वर्कआउट गरेका बेला बेहोश भएका राजुको होश अझै आएको छैन।
उनको दिमागले प्रतिक्रिया जनाएको छैन। यसैबीच राजुलाई होशमा ल्याउन अमिताभ बच्चनको आवाज सुनाउन थालिएको छ।
राजुको परिवारका अनुसार अमिताभले राजुलाई फोनमा एक अडियो मेसेज पठाएका छन्। त्यहाँ छिटै निको हुनु भनिएको छ। अमिताभले भनेका छन्, 'राजु उठ, अब धेरै भयो। अझै कति काम गर्न बाँकी छ।'
राजुले अमिताभलाई आदर्श मान्ने भएकाले चिकित्सकको सल्लाहबमोजिम अमिताभको आवाज सुनाइएको हो। यसले उनको दिमागले प्रतिक्रिया गर्नसक्ने चिकित्सकको आशा छ।
हाल राजुलाई पाइपमार्फत दूध खुवाएर बचाइएको छ। मुटुको धड्कन अहिले स्थिर छ। यद्यपि दिमागले कुनै प्रतिक्रिया दिइरहेको छैन।
शनिबार राजुको मृत्युको अफवाह समेत फैलिएको थियो।
साउन २९, २०७९ आइतबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।