भेन्टिलेटरमा रहेका साहित्यकार रुस्दीको आँखा र कलेजोमा गम्भीर चोट

भेन्टिलेटरमा रहेका साहित्यकार रुस्दीको आँखा र कलेजोमा गम्भीर चोट

एजेन्सी : न्युयोर्क राज्यको एक साहित्यिक कार्यक्रममा छुरा प्रहारपछि घाइते भएका विश्व प्रसिद्ध साहित्यकार सलमान रुस्दीको भेन्टिलेटरमा छन्। उनको सहयोगीका अनुसार उनको स्वास्थ्य अवस्था बोल्न सक्ने समेत भएको छैन।

उनका सहयोगी एन्ड्रयु वाइलीले ‘द न्युयोर्क टाइम्स’लाई दिएको जानकारी अनुसार सलमानको एउटा आँखा गुम्ने सम्भावना छ। आक्रमणबाट उनको पाखुराका नसाहरू काटिएका छन्। कलेजोमा छुरा प्रहारबाट क्षति पुगेको छ।

उनको ‘द स्याटानिक भर्सेज’ नामक कृतिले मुसलमान समुदायको अपमान गरेको भन्दै तत्कालीन इरानी सर्वोच्च नेता आयातोल्ला रूहोल्ला खोमेनीले उनको नाममा फतवा जारी गरेका थिए।

फतवापछि व्यक्तिगत सुरक्षाका कारण उनी वर्षौँसम्म ‘भूमिगत’ बसे। पछिल्लो समय भने उनी खुल्ला गतिविधि गर्दै आएका थिए। साहित्यिक कार्यक्रममा सहभागी हुन्थे।

साहित्यिक कार्यक्रममा सहभागी भएको बेलामा न्युयोर्कको एक सहरमा उनीमाथि आक्रमण भयो। आक्रमणपश्चात् हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो। आकस्मिक शल्यक्रियापछि उनी भेन्टिलेटरमा छन्।

आक्रमणकारी रुस्दी बसेको मञ्चमा गएर पटक–पटक छुरा प्रहार गरेका थिए। आक्रमणकारी न्युजर्सीको फेयरफिल्डका २४ वर्षीय हादी मटर भएको खुलेको छ।

साउन २८, २०७९ शनिबार २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।