राजस्थानी महिलाले चितुवाको खुट्टामा बाँधिन् राखी

राजस्थानी महिलाले चितुवाको खुट्टामा बाँधिन् राखी

एजेन्सी : राजस्थानकी एक महिलाले चितुवाको खुट्टामा राखी बाधेकी छन्। शुक्रवार रक्षा बन्धनको अवसरमा ती महिलाले घाइते चितुवाको अगाडिको खुट्टामा राखी बाधेकी हुन्। 

चितुवाको खुट्टामा राखी बाँध्दै गरेको भिडियो र तस्बिर भारतीय बन सेवाकी अधिकृत सुसान्ता नन्दाले  सामाजिक सञ्जाल ट्विटरमा राखेकी थिइन्।  सामाजिक सञ्जालमा सेयर भएपछि सो तस्बिर र भिडियोले खुब चर्चा कमाइरहेको छ। 

ती महिलाले घाइते चितुवा बन विभागलाई हस्तान्तरण गर्नुअघि राखी बाँधिदिएकी थिइन्। सो घटना राजस्थानको दोग्रह जिल्लाको हो। शुक्रवार घाइते अवस्थामा चितुवा भेटिएको सूचना पाए लगत्तै त्यहाँको बन विभागले जिल्लाको पान्डी गाउँ पुगेको थियो। बन विभागका कर्मचारी घटनास्थलमा पुग्नुअघि घाइते चितुवाको वरपर स्थानीयहरूको भीड लागेको थियो भने एक स्थानीय महिलाले घाइते चितुवाको खुट्टामा राखी बाँधिरहेकी थिइन्।

साउन २८, २०७९ शनिबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।