सन् २०२१ मा १४० राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

सन् २०२१ मा १४० राष्ट्रसंघीय सहायताकर्मीको हत्या, २०३ घाइते

एजेन्सीः सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको छ। राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ।

सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरू २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ।

त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रसंघीय निकायले अरू १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ। 

साउन २८, २०७९ शनिबार १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।