नेपालीभन्दा हिन्दी डबमा स्तरीय देखियो 'प्रेम गीत ३' को टिजर

नेपालीभन्दा हिन्दी डबमा स्तरीय देखियो 'प्रेम गीत ३' को टिजर

काठमाडौंः प्रचार शैली र पहिलो इण्डो-नेपाली फिल्म भनिएकाले बहुप्रतीक्षित बनेको छ- प्रेम गीत ३। आज यस चलचित्रको हिन्दी डब टिजर पनि सार्वजनिक भएको छ।

यसअघि नेपाली भर्सनको टिजरमा भीएफएक्स, सेट र कस्ट्युमबाहेक अरू सामान्य नै थिए। असामान्य डायलग डेलिभरी, असुहाउँदो टोन, नमिलेको थ्रो, पज् र शब्द चयनका कारण नेपाली भर्सन फितलो लागे पनि प्रेम गीत ३ को हिन्दी भर्सनले भने सामाजिक सञ्जाल तताएको छ।

चर्चित फिल्म बाहुबलीका डबिङ आर्टिस्टले काम गरिएको भनिएको यस चलचित्रको हिन्दी भर्सनको टिजरले युद्ध, प्रेम, सत्ता लगायतका पक्षलाई बल्ल न्याय गरेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले 'नेपाली फिल्मको समस्या त डबिङ पो रहेछ' भन्ने जस्ता प्रतिक्रिया पनि दिइरहेका छन्।

चलचित्रमा प्रदीप खड्का, सुनिल थापा, शिव श्रेष्ठ, क्रिष्टिना गुरुङ, मनिष राउत लगायतको अभिनय देख्न सकिन्छ। चलचित्रका एक निर्देशक छेतेन गुरुङ फिल्म प्रदर्शन हुन नपाउँदै बितिसकेका छन्। चलचित्रका अर्का निर्देशक तथा निर्माता सन्तोष सेन रहेका छन्।

चलचित्र असोज ७ गते रिलिज हुँदैछ। भारतमा सेप्टेम्बर २३। यसलाई भारतीय सञ्चारमाध्यमले पहिलो इण्डो-नेपाली फिल्म भनेका छन्।

नेपाली डबको टिजर

हिन्दी डबको टिजर

साउन २८, २०७९ शनिबार १२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।