हृदयघात भएका चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था गम्भीर

हृदयघात भएका चर्चित कमेडियन राजु श्रीवास्तवको अवस्था गम्भीर

एजेन्सीः चर्चित भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। हृदयघातका कारण हाल एम्स अस्पतालमा उपचाररत राजुलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।

उनका पब्लिक रिलेशन अफिसर गर्वित नारङ्गका अनुसार हिजो साँझ उनको एन्जियोप्लास्टी गरिएको छ। यद्यपि उनको मस्तिष्कले कुनै प्रतिक्रिया दिएको छैन। यस्तै राजुको मुटुको ठूलो भाग शतप्रप्रतिशत ब्लक भएको छ।

राजुलाई जिममा वर्कआउट गरिरहँदा हृदयघात भएको हो। ट्रेडमिलमा कुदेको बेला उनको छाती दुखेको थियो र उनी ढलेका थिए।

लगत्तै राजुलाई अस्पताल भर्ना गरिएको थियो।

साउन २६, २०७९ बिहीबार ११:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।