आज बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा

आज बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भीषण वर्षा

यतिबेला प्रदेश नं १, मधेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहेको छ। यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन २६, २०७९ बिहीबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।