फिल्म फूलबारीको घोषणामा अभिनेता विपिनमाथि स्टोरी बोर्डको सटायर

फिल्म फूलबारीको घोषणामा अभिनेता विपिनमाथि स्टोरी बोर्डको सटायर

जब विपिनको हातमा माइक आयो सञ्चारकर्मीले सटायर हान्दै प्रश्न सोधे' विपिनजी स्टोरी बोर्ड पाउनुभयो ?'

त्यो प्रश्नभन्दा पनि उनीमाथिको सटायर थियो। सटायरको प्रसङ्ग चैँ सुटिङ स्थलमा पुगेर पनि फर्किएको 'प्रसाद २' को। सुटिङ टिम फर्कनुको कारण निर्देशक सुदर्शन थापा अनि विपिनबिचको विवाद अनि विवादको कारण चैँ स्टोरी बोर्ड नहुनु भन्ने बाहिर आयो।

छायाँकनस्थलबाट फर्किएको 'प्रसाद २' कहिले फ्लोरमा जान्छ सार्वजनिक भएको छैन। निर्माण टिमका सदस्यहरू काठमाडौँमै छन्। बजारमा छरिएका बहस सत्य हो भने फिल्म बनाउन मुस्किलै देखिन्छ। यसबारे जति चर्चा छरिएका छन् त्यो नै 'प्रसाद ३' बनाउन पुग्ने कथासहितको देखिन्छ। 'प्रसाद २' लाई यतै बिट मारौँ र फर्किऊँ फूलबारीमा।

स्टोरी बोर्डको प्रश्न आएपछि विपिन हल्का नर्भस भए। उनले बुझिहाले प्रश्नको आशय। नर्भस अनुहारमा हाँसो ल्याउने असफल प्रयास गर्दै उनले भने' स्टोरी बोर्ड त पाइहालिन्छ नि।'

उनले फिल्ममा आफ्नो भूमिका कति रहेको हो र कस्तो कस्तो रहेको हो भनेर कलाकारले बुझ्न पाउनुपर्ने भन्दै आफ्नो स्टोरी बोर्डको प्रसङ्गलाई मोड्ने प्रयास गरे।

फेरि प्रश्न आयो'स्क्रिप्ट पढेर बुझिन्न र? उनले त्यसैको भरमा मात्र नबुझिने र स्टोरी बोर्डले सजिलो हुने उत्तर दिए।

उनी प्रश्नबाट बिच्किसकेका थिए। त्यसपछि दयाहाङको बाउँ बन्न कसरी राजी हुनुभयो भन्ने प्रश्नमा उनी हल्का बिच्किए।

'दयाको बाउँ बन्न लागेको हैन। कसै न कसैको त बाउँ बनिहाल्छु नि' उनले भने।

साउन २५, २०७९ बुधबार २३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।