नितिश कुमार आठौं पटक बिहारको मुख्यमन्त्री बन्दै, आजै सपथ

नितिश कुमार आठौं पटक बिहारको मुख्यमन्त्री बन्दै, आजै सपथ

काठमाडौं : नितिश कुमार आठौं पटक बिहारको मुख्यमन्त्री बन्दैछन्। उनले आजै मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नितिशले आज दिउँसो २ बजे मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको छ। जनता दल (युनाइटेड) का नेता नितिशले राष्ट्रिय जनता दल (आरजेडी) सँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका थिए।

भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै मंगलबार पदबाट राजीनामा दिएका उनले तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलसहित सात दलहरूसँग मिलेर नयाँ सरकार बनाउने दाबी पेस गरेका थिए। यी सात दलको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ।

उनले मंगलबार नै जनता दलका नेता तथा विधायकहरूसँगको बैठकपछि भाजपासँगको साझेदारी अन्त्य गरेका हुन्। बैठकमा उनले भाजपाले जनता दल (युनाइटेड) लाई कमजोर बनाएको बताएका थिए।

साउन २५, २०७९ बुधबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।