कोरोनाबाट मृत्यु भएका ७५ प्रतिशत खोप नलगाएकाहरू, तीनै डोज खोप लगाउन मन्त्रालयको आग्रह

कोरोनाबाट मृत्यु भएका ७५ प्रतिशत खोप नलगाएकाहरू, तीनै डोज खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ : पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको ज्यान गयो। नेपालमा हालसम्म ११ हजार ९ सय ७४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्। पछिल्लो समय कोरोना सङ्क्रमण बढेसँगै सङ्क्रमितको ज्यान गइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो सङ्क्रमणमा सङ्क्रमित भएर मृत्यु भएकामध्ये ७५ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोप नलगाएहरु छन्।

मन्त्रालयले मङ्गलवार खोप नलगाएकाहरू उच्च जोखिममा रहेको भन्दै आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ। मन्त्रालयले सबैलाई आवश्यकताअनुसार कोरोनाबिरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन अपिल समेत गरेको छ।

अहिले पनि सङ्क्रमणका कारण ६१ जना आइसियु र ७ जना सङ्क्रमित भेन्टिलेटरमा उपचाररत छन्।  मन्त्रालयका अनुसार कोभिड–१९ अझै निर्मूल भई सकेको छैन। बुस्टर मात्रा खोपले गम्भीर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ सुरक्षा प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

 

साउन २४, २०७९ मंगलबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।