बिहारको मुख्यमन्त्रीबाट नितिश कुमारको राजीनामा 

बिहारको मुख्यमन्त्रीबाट नितिश कुमारको राजीनामा 

काठमाडौं : बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। भारतीय जनता पार्टी (भाजपा) को समर्थनमा मुख्यमन्त्री बनेका नितिशले हालै मात्र भाजपासँग सम्बन्ध तोडेका थिए।

उनले अब विपक्षमा रहेको राष्ट्रिय जनता दलसँग मिलेर सरकार निर्माण गर्ने छन्। राष्ट्रिय जनता दल गृहमन्त्री लिएर सरकारमा सहभागी हुने भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

पटनास्थित मुख्यमन्त्री आवासमा बसेको जनता दल युनाइटेड (जदयु)का सांसद र विधायकहरूको बैठकले भाजपासँगको गठबन्धन तोडिएको घोषणा गरेको हो। 

बैठकमा जदयुका नेता तथा मुख्यमन्त्री नितिशकुमारले भाजपाले जहिले पनि आफूहरुलाई कमजोर बनाउन भूमिका खेलेकाले उक्त पार्टीसँग सत्ता सहकार्य गर्न नसकिने भन्दै ब्रिफिङ गरेका थिए।

साउन २४, २०७९ मंगलबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।