ओराली लागेको हरिणको चाल भो एम्बर हर्डको जीवन, पोर्न फिल्म खेल्न प्रस्ताव

ओराली लागेको हरिणको चाल भो एम्बर हर्डको जीवन, पोर्न फिल्म खेल्न प्रस्ताव

एजेन्सीः हलिउड अभिनेत्री एम्बर हर्डको जीवनमा केही समययता सङ्कट मात्र आइपरेको छ। पूर्व श्रीमान् जनी डेपसँगको सम्बन्ध विच्छेद र त्यसपछिको पराजित मुद्दा, आर्थिक सङ्कट, फ्यानहरूमाझ बिग्रिएको इमेज लगायत थुप्रै।

त्यसमाथि जनी डेपलाई एम्बरले १५ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने टड्कारो त छँदैछ। ओराली लागेको हरिणको चाल भएको छ उनको जीवन अहिले।

हुन त यसअघि एक दुबईका धनाढ्यले एम्बरलाई आफूसँग विहे गरे सबै ऋण चुक्ता गरिदिने प्रस्ताव पनि गरेका थिए। एम्बरको तर्फबाट कुनै प्रतिक्रिया आएन।

हालै भने एम्बरलाई पोर्न चलचित्रमा काम गर्ने प्रस्ताव आएको छ। जेन मोडल नामको पोर्न वेवसाइटले एम्बरलाई उनीहरूसँग काम गरे १० मिलियन अमेरिकी डलर दिने प्रस्ताव गरेको हो।

वेवसाइटकी अध्यक्ष भेरोनिका मडारियनले एम्बरको वकिल एलेन ब्रेडहोफ्टलाई एक पत्र पठाएर यस्तो प्रस्ताव गरेकी हुन्।

के एम्बरले पैसाकै लागि पोर्न चलचित्रमा काम गर्लिन् त? यसको सम्भावना भने न्यून छ।

साउन २४, २०७९ मंगलबार १२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।