डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा

डोनाल्ड ट्रम्पको घरमा एफबीआईको छापा

एजेन्सीः अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो घरमा एफबीआईले छापा मारेको बताएका छन्। उनको फ्लोरिडास्थित पाल्म बिचमा रहेको घरमा एफबीआईले सोमबार छापा मारेको विज्ञप्तिमार्फत बताएका हुन्।

बीबीसीको रिपोर्टअनुसार सोमबार छापा मार्ने क्रममा ट्रम्प न्युयोर्कस्थित 'ट्रम्प टावर'मा थिए। २०२४ को सम्भावित राष्ट्रपति चुनावको दौडका लागि ट्रम्पले तयारी गरिरहेको सूचना पाएपछि एफबीआईले छापा मारेको हुनसक्ने अनुमान गरिएको छ।

अघोषित रूपमा आफ्नो घरमा एफबीआईले छापा मारेको भन्दै ट्रम्पले आपत्ति पनि जनाएका छन्।

‘तेस्रो मुलुकका सरकारले मात्र यस्तोखाले हर्कत गर्छन्। तर अफसोस, अब अमेरिकाले पनि तेस्रो मुलुकले जस्तो हर्कत गर्न थाल्यो। यस्तोखाले भ्रष्ट व्यवहार यसअघि देखेको थिइनँ’, ट्रम्पले विज्ञप्तिमा भनेका छन्।

साउन २४, २०७९ मंगलबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।