४७ वर्षका भए सुपरस्टार महेश बाबु, चार वर्षको उमेरमा पहिलो अभिनय

४७ वर्षका भए सुपरस्टार महेश बाबु, चार वर्षको उमेरमा पहिलो अभिनय

एजेन्सीः दक्षिण भारतीय सिने उद्योगका चर्चित कलाकार हुन्- महेश बाबु। उनी आजबाट ४७ वर्षका भए।

महेश बाबुले चार वर्षको उमेरदेखि अभिनय गरेका हुन्। तर, अत्यधिक फिल्मको अफर आउन थालेपछि उनको बुवाको नौ वर्षसम्म फिल्मबाट उनलाई टाढा राखे। यद्यपि, उनले फिल्ममै आफ्नो करियर बनाए, आफूलाई स्थापित सुपरस्टार बनाए।

९ अगस्ट १९७५ मा जन्मिएका महेशका बुवा पनि चर्चित तेलुगु अभिनेता हुन्। उनको नाम घटामानेनी शिवा रामा कृष्णा हो।

महेश बाबु दक्षिण भारतीय चलचित्र उद्योगका पहिलो कलाकार हुन् जसले आठ पटक नन्दी अवार्ड प्राप्त गरेका छन्। यो दक्षिण भारतीय चलचित्र उद्योगको सम्मानित उपाधि हो।

हालसम्म महेश बाबुले ३६ फिल्ममा मात्र काम गरेका छन्। यसमा पनि नौ वटा चलचित्रमा त उनी बाल कलाकारको रूपमा थिए।

साउन २४, २०७९ मंगलबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।