स्वीकृत नलिएको संरचना हटाउन नर्भिक अस्पताललाई मेयर बालेनको २४ घन्टे अल्टिमेटम

स्वीकृत नलिएको संरचना हटाउन नर्भिक अस्पताललाई मेयर बालेनको २४ घन्टे अल्टिमेटम

काठमाडौँ : नर्भिक अस्पताले कब्जा गरेर सरकारी जग्गामा बनाएको अवैध संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएको छ। भाडामा लिएको सरकारी जग्गामा स्वीकृति नै नलिई अवैध संरचना बनाएको भन्दै महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा महानगरले २४ घन्टे सूचना जारी गरेको हो।

सूचनामा नेपाल सरकारको नाममा दर्ता कायम रहेको एक रोपनी १ आना जग्गा अस्पतालले लिजमा लिई जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरू सरकारसँग भएको सम्झौता विपरीत र नक्सा पास स्वीकृत नगरी निर्माण भएको भन्दै २४ घण्टामा हटाउन भनिएको छ।

सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले जारी गरेको सूचनामा यदि २४ घण्टामा सो संरचना नहटाएमा नियम अनुसार हुने उल्लेख छ। नियम अनुसार अतिक्रमित क्षेत्रको संरचना महानगरपालिका आफैँले हटाएर सो हटाउँदा लागेको खर्च सम्बन्धित संस्था वा व्यक्तिबाट असुल्न सक्छ।

यस अगाडि काठमाडौँ महानगरले टुकुचा नदी मिचेर बनेका घर/टहरा हटाउन ३५ दिने म्याद जारी गरेको थियो।

नापीको नक्सामै छैन टुकुचा नदी, कसरी खाली गराउँछ महानगरले ?

 

साउन २३, २०७९ सोमबार १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।