पर्वतका कृष्ण जसले बैङ्कको एटिएम देख्नै हुन्न !
पोखरा : पर्वत कुस्मा नगरपालिका –३ बस्ने २३ वर्षका कृष्ण बहादुर विकलाई बैङ्कको एटिएम देख्नै हुन्न। विक पहिलो पटक पोखरामा रहेको माछापुच्छ्रे बैकको एटिएम मेशिन फोर्दै गरेको बेलामा पक्राउ परेका थिए।
आइतबार उनी पोखरामा रहेको एनआइसि एसिया बैङ्कको एटिएम मेशिन फोर्दै गर्दा पक्राउ परे। उनी पोखरा –१७ बिरौटामा रहेको एनआसि एसिया बैकको एटिएम मेशिन फोर्दै गरेको अवस्थामा नै फेला परेका हुन्।
विक चोरी उद्योग मुद्दामा कास्की जिल्ला अदालतबाट माग भए बमोजिमको १ लाख धरौटी जम्मा गर्न नसकी पुर्पक्षको लागी थुनामा गएका थिए। पछि अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरी छुटेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
विकलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरी थप अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए। पोखरा केही दिन अघि एनआइसी एसिया बैङ्क एटिएम फोर्दै गरेको आरोपमा एक जना पक्राउ परेका थिए। त्यसै गरी लेखनाथस्थित रहेको एनएमवि बैङ्कको एटिएम फोरेर करिब १५ लाख रुपैयाँ चोरी भएको थियो।
साउन २२, २०७९ आइतबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।