चेक बाउन्समा फरार दीक्षा निगालो घारीमा फेला परिन्

चेक बाउन्समा फरार दीक्षा निगालो घारीमा फेला परिन्

पोखरा : बैङ्किङ कसुर मुद्दाकी फरार रहेकी एक महिलालाई प्रहरीले निगालो घारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ।

रकम नभएको चेक दिएर बाउन्स भएसँगै फरार रहेकी बागलुङ तारा खोला गाउँपालिका–१ घर भई पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो।

पुनले बैक खातामा पैसा नै नभईकन चेक दिएर दिएकी थिइन्। उनले दिएको ३ लाखको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा जाहेरी दिएसँगै उनी फरार भएकी थिइन्। पुन आइतबार निगालो घारीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकी पुनविरुद्ध बैङ्किङ कसुरको अभियोगमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले बताए । 

साउन २२, २०७९ आइतबार २१:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।