महापुरुषको फस्ट लुक्समा भाग्दै छन् हरिवंश र गौरी

महापुरुषको फस्ट लुक्समा भाग्दै छन् हरिवंश र गौरी

काठमाडौँ : हरिवंश आचार्य र गौरी मल्लको अभिनय रहेको चलचित्र महापुरुषको फस्ट लुक सार्वजनिक भएको छ। प्रदीप भट्टराइको निर्देशन रहेको फिल्मको फस्ट लुकमा आचार्य र मल्ललाई मात्र राखिएको छ।

फिल्म भट्टराइले नै लेखेका हुन्। म्याक्स दिपेश खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रबिन्द्रसिंह बाँनिया छन्। कात्तिक १ गते रिलिज डेट तोकिएको फिल्मको फस्ट लुकले उमेर घर्किसकेपछि विवाह गर्दाको उतारचढावको संकेत गरेको छ।

पहिलो पोस्टरमा विवाह गरेर आचार्य र मल्ल भाग्दै गरेको देखाइएको छ। दोस्रो पोस्टरमा आचार्य सुगासँग देखाइएको छ। फिल्ममा आचार्यले आफ्नो लुक्स बदल्ने प्रयास गरेका छन्। दाल, भात तरकारीमा आचार्यले गरेको अभिनयलाई दर्शकले रुचाएका थिएनन्।

गौरी मल्लको अभिनय रहेको डाँडाको वरपीपल पनि फ्लप भएको थियो। यस्तोमा 'जात्रा', 'जात्रै जात्रा' अनि 'शत्रु गते' निर्देशन गरेका भट्टराईलाई दर्शकलाई आचार्य र मल्ल देखाएर हलसम्म तान्न त्यति सहज भने देखिँदैन।

साउन २२, २०७९ आइतबार २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।