आमिर खान अब कुन निर्देशकसँग काम गर्न चाहन्छन् ? बताए यस्तो नाम
एजेन्सीः बलिउड अभिनेता आमिर खानको नयाँ चलचित्र 'लाल सिंह चड्ढा' रिलिजको संघारमा छ। चलचित्रलाई रिलिजअघि नै आपत् आइपरेको छ। त्यो हो- बहिष्कारको चेतावनी।
हिन्दू धर्मको अपमान गरेको भन्दै बहिष्कार गर्ने चेतावनी भारतका विभिन्न संघ-संस्थाले दिएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा त बोयकट लाल सिंह चड्ढा ट्रेन्डिङमै छ।
यति हुँदाहुँदै पनि आमिरको चलचित्रमाथि बलिउडले ठूलो आश राखेको छ। यस वर्ष हालसम्म रिलिज भएका बलिउड चलचित्रहरू फ्लपमाथि फ्लप साबित भइरहेका छन्। भुलभुलैया २, गंगुबाइ र मिसन कश्मीर मात्र जेनतेन यस वर्ष हिट भए। आशा गरिएका ठूला ब्यानरका ठूला स्टारकास्ट भएका फिल्म फ्लप भए।
यहीबीच आमिर 'कफी विद करण' शो मा पुगे। कार्यक्रमका होस्ट करण जोहरले उनलाई 'को निर्देशकसँग काम गर्न मन छ?' भनेर प्रश्न गरे।
आमिरले दुई जना निर्देशकको नाम लिए। पहिलो- एसएस राजामौली र दोस्रो- सूरज बडजात्या।
यी दुई निर्देशकले माटोसँग जोडिएको भावनालाई फिल्ममा देखाउने आमिरको भनाइ थियो। त्यसमा पनि राजामौलीसँग काम गर्न आफू निकै प्रतीक्षित रहेको उनको भनाइ थियो।
साउन २२, २०७९ आइतबार ११:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।