भारतको १४औं उपराष्ट्रपतिमा एनडीएका उम्मेदवार धनखड विजयी

भारतको १४औं उपराष्ट्रपतिमा एनडीएका उम्मेदवार धनखड विजयी

काठमाडौंः भारतको उपराष्ट्रपतिमा जगदीप धनखड विजयी भएका छन्। एनडीए (नेशनल डेमोक्रेटिक अलायन्स)का उम्मेदवार भाजपाका धनखडले ५२८ मतका साथ विजय हासिल गरेका हुन्।

विपक्षी उम्मेदवार मार्गरेट अल्वाले १८२ मत प्राप्त गरिन्। नवनिर्वाचित उपराष्ट्रपति धनखडलाई राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले बधाई दिएका छन्।

उपराष्ट्रपति धनखडले ११ अगस्टमा शपथ लिनेछन्। बहालवाला उपराष्ट्रति वेन्कैया नायडूको कार्यकाल १० अगस्टमा सकिने भएकाले शपथ ढिलो हुने भएको हो।

उपराष्ट्रपति धनखड यसअघि पश्चिम बङ्गालका राज्यपाल थिए।

साउन २२, २०७९ आइतबार ०८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।