गाली बढेपछि हट्यो मोडल करिश्माको पेटिकोट डान्स

गाली बढेपछि हट्यो मोडल करिश्माको पेटिकोट डान्स

काठमाडौँ : सामाजिक सञ्जालमा प्रशंसाको साटो गालीको वर्षा भएपछि गायिका सुशीला पाठकको तीज गीत 'पापाकी परी'मा राखिएको मोडल करिश्मा ढकालको पेटिकोट डान्स हटाइएको छ।

भिडियोको दृश्यसँगै शब्दप्रति पनि आलोचना भएपछि युट्युबमा राखिएको भिडियो पुन सम्पादन गरिएको हो। भिडियोमा पेटिकोट डान्स र त्योसँगै रहेको ‘के हुन्छ होला है बिहेको राती, अँध्यारो कोठामा अन्जान साथी, सम्झेरै गइहाल्यो सातो बरिलै’ भन्ने शब्द समेत हटाइएको छ।

सो म्युजिक भिडियो सार्वजनिक भएसँगै धर्मको नाममा उच्छृंखला बढाउने काम गरेको भन्दै सामाजिक सञ्जालमा गायिका पाठक र मोडल करिश्माको आलोचना भएको थियो।

तीज लक्षित गीतको उद्देश्य परम्परा र संस्कृति बढाउने भन्दा पनि अश्लीलता बढाउने प्रयास गरेको भन्दै सञ्जालहरूमा आलोचना भएको थियो। 

साउन २१, २०७९ शनिबार २२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।