'भुलभुलैया २' को सफलतापछि बलिउड अभिनेता कार्तिक आर्यनले बढाए पारिश्रमिक
एजेन्सीः बलिउड अभिनेता कार्तिक आर्यनले डुब्न लागेको उद्योगलाई बचाए यस वर्ष- 'भुलभुलैया २' मार्फत। फिल्मले दुई सय करोड भारुभन्दा बढीको व्यापार गर्यो। र, यस वर्षको सीमित हिट फिल्ममध्ये एक भयो।
कार्तिक आर्यनले यो फिल्म मात्र हिट दिएका होइनन्। उनले अभिनय गरेका यसअघिका चलचित्र पनि हिटै छन्। अब त झन् भुलभुलैयाको सफलताले होला उनले आफ्नो पारिश्रमिक बढाएका छन्।
उनले अब एउटा चलचित्रमा मुख्य भूमिका निभाएबापत ३५ देखि ४० करोड रुपैयाँ लिने भएका हुन्। आफ्नो पारिश्रमिक बढाएकोमा कार्तिकले यो स्वाभाविक भएको बताएका छन्।
हरेक पेशामा मानिस अघि बढ्न चाहने र पारिश्रमिक बढाएरै अघि बढ्ने उनले स्पष्टीकरण दिएका छन्।
साउन २०, २०७९ शुक्रबार २१:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।