रुसले यस वर्ष खाद्यान्न निर्यात कटौती गर्ने

रुसले यस वर्ष खाद्यान्न निर्यात कटौती गर्ने

एजेन्सीः रुसले यस वर्ष खाद्यान्न निर्यात कटौती गर्ने बताएको छ। यस वर्ष कृषि क्षेत्रमा अपेक्षाअनुसार उत्पादन हुने नदेखिएको कारण खाद्यान्न निर्यात घटाउन लागिएको रुसी कृषि मन्त्रालयले शुक्रबार जनाएको हो।

कृषिमन्त्री डिमिट्री प्याट्रसेवले निर्यात योजनालाई कम गर्न सकिने बताएका हुन्। “कुल १३ करोड टन खाद्यान्न उत्पादनको लक्ष्य भए पनि खडेरी, अल्पवृष्टि, अतिवृष्टि जस्ता मौसमसम्बन्धी समस्याका कारण उत्पादन घटेको र यसले निर्यात कटौती गर्नुपर्ने बाध्यता देखिएको छ,” उनले भने।

उनले स्वदेशी बजारलाई भने खाद्यान्न अभाव हुन नदिने बताए। “यदि अपेक्षाकृत उत्पादन नभएमा हामीले ५० करोड टनको निर्यात योजनामा संशोधन गर्नुपर्नेछ। अनि यसले विश्व अन्न बजारमा नकारात्मक असर पार्नसक्छ,” कृषि मन्त्रालयको टेलिग्राम च्यानलले पाटुशेभलाई उद्धृत गर्दै लेखेको छ।

साउन २०, २०७९ शुक्रबार २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।