'महिला जन्मिदैँन, बनाइन्छ' भन्दै सोफिया थापाले ल्याइन् 'आवाज' गीत
काठमाडौंः गायिका सोफिया थापाको नयाँ गीत 'आवाज' सार्वजनिक भएको छ। 'महिला जन्मिदैँन, बनाइन्छ' भन्ने चर्चित लेखिका सिमोन द. बौउआरको 'द सेकेन्ड सेक्स' पुस्तकको भनाइसँग सहमति राख्दै थापाले यो गीत सार्वजनिक गरेकी हुन्।
आज एक प्रेस विज्ञप्तिमार्फत उनले गीत सार्वजनिक भएको जानकारी दिएकी हुन्। विज्ञप्तिमा लेखिएको छ- 'महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्रको चेत महिलाहरूले नै नगरुन्जेल महिलाको हितमा परिस्थिति बदलिने छैन भन्ने विश्वासका साथ मैले आज मेरो आवाजमा नयाँ गीत ''आवाज'' यहाँमाझ ल्याएको छु।'
थापाले यसअघि ''अबको तीज, नो व्रत प्लिज'' भन्ने गीत ल्याएकी थिइन्। सोही गीत सुनेपछि कवि रमेश क्षितिजले उपलब्ध गराएको शब्दलाई नै 'आवाज' मार्फत ल्याएको उनले बताइन्।
गीतमा हरि लम्सालले संगीत भरेका छन्। नायिका शोभिता सिम्खडाले गीतको भिडियोमा विशेष उपस्थिति जनाएकी छिन्। ग्राफिक्स भरत रेग्मीले गरेका छन्।
यस्तो छ गीत
साउन २०, २०७९ शुक्रबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।