सञ्जीव बराइलीसँगको 'इङ्गेजमेन्ट' तोड्दै मेलिनाले लेखिन्- 'कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ'

सञ्जीव बराइलीसँगको 'इङ्गेजमेन्ट' तोड्दै मेलिनाले लेखिन्- 'कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ'

काठमाडौंः लोकप्रिय गायिका मेलिना राई र चर्चित गिटारिस्ट सञ्जीव बराइलीबीचको 'इङ्गेजमेन्ट' टुटेको छ। केही महिनाअघि यी दुईले इङ्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गरेका थिए।

मेलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुटिएको जानकारी दिएकी हुन्। उनले लेखेकी छिन्, 'एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेत देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।'

उनले सबै इङ्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी नभएको पनि बताइन्। उनले आजकै मितिबाट इङ्गेजमेन्ट तोडिएको भन्दै सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमा मागेकी छिन्।

उनीहरूले दुई वर्षअघि नै इङ्गेजमेन्ट गरेको र गत वैशाखमा मात्र तस्बिर सार्वजनिक गरेको बताएका थिए।

साउन २०, २०७९ शुक्रबार १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।