मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा

मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकाल घोषणा

एजेन्सीः मङ्कीपक्सका सङ्क्रमितहरू बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ। अमेरिकी सरकारको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रूपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो।

अमेरिकामा बिहीबारसम्ममा ६ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो। विश्वमा हाल देखापरेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको छ।

विश्वका थुप्रै देशमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ। अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरू पाइएका बताइएको छ।

साउन २०, २०७९ शुक्रबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।