दुई सस्पेन्स जनराका फिल्म हलमा
काठमाडौं : यो हप्ता दुई नेपाली फिल्महरु प्रदर्शन भएका छन्। लकडाउनका कारण बीचमै रोकिएको फिल्म 'चपली हाइट ३' र कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको 'म' शुक्रबारबाट हलमा लागेका हुन्।
फरक तरिकाले प्रचार-प्रसार गरेको फिल्म 'म' लाई सुवर्ण थापाले निर्देशन गरेका हुन्। उनी कान्तिपुर फिल्म एकेडेमीका एकेडेमिक डिरेक्टर पनि हुन्।
फिल्ममा निशा अधिकारी, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, पुनम श्रेष्ठ, सरिता लामिछाने, नरेन खड्का, संजोग रसाइली, सविन श्रेष्ठ लगायतको यो फिल्ममा अभिनय छ।
मोर्डन सस्पेन्स जनरा भनिएको फिल्म, फिल्म पढाउने कलेजले बनाएकाले पनि चुनौती थपिएको फिल्मवृत्तमा चर्चा छ।
त्यस्तै 'चपली हाइट ३' पनि सस्पेन्स थ्रिलर जनराकै फिल्म हो। कहिले कोरोना त कहिले साउथ इण्डियन 'पुष्पा'बाट लखेटिएको फिल्म पुस ३० मा प्रदर्शन त भएको थियो तर केही दिनमै फेरि लकडाउन भयो। त्यसैले फिल्म चपली हाइट ३ दोहोर्याएर थियटरमा लागेको फिल्म हो।
फिल्म निकेश खड्काको निर्देशनमा तयार भएको हो। स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतको अभिनय यो फिल्ममा देख्न सकिन्छ।
साउन २०, २०७९ शुक्रबार ११:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।