श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड 

श्रीमतीले श्रीमान्‌को अनुहारमा छ्यापिन खुर्सानीको धुलोसहित एसिड 

एजेन्सीः भारतको बरेलियाकी एक २७ वर्षीया महिलाले आफ्नै श्रीमान्‌को अनुहारमा खुर्सानीको धुलो मिसाएर एसिड छ्यापेकी छिन्।श्रीमान्‌ले आफूलाई थप्पड हानेपछि असह्य भएर यस्तो गरेको उनले बताएकी छिन्।

यो घटना आइतबार रातिको भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिपोर्टकाअनुसार ती श्रीमान् निकै जड्याहा थिए।

टाइम्स अफ इन्डियाका अनुसार ती महिलाले सुतिरहेको मौका छोपी श्रीमान्‌को अनुहारमा एसिड खन्याएकी थिइन्। श्रीमान्‌को कुटपिटबाट उनी पीडित भएको बताइएको छ।

घटनापश्चात श्रीमान्‌को ४० प्रतिशत शरीरको भाग जलेको छ। हाल उनी उपचाररत छन्।

यी दुईको विवाह सात वर्षअघि भएको थियो। उनीहरूबीच छोरी जन्मिएपछि घर झगडा हुँदै आएको बताइएको छ। सो दम्पतीका हाल चार वर्षीया छोरी छिन्।

साउन १९, २०७९ बिहीबार १४:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।