ताइवानको तटीय क्षेत्रमा चीनले प्रहार गर्‍यो ब्यालिस्टिक मिसाइल

ताइवानको तटीय क्षेत्रमा चीनले प्रहार गर्‍यो ब्यालिस्टिक मिसाइल

एजेन्सीः चीनले ताइवानको तटीय क्षेत्रमा कयौँ ब्यालिस्टिक मिसाइल (क्षेप्यास्त्र) प्रहार गरेको छ। चीनले उत्तरपूर्वी र दक्षिणपश्चिमी तटीय क्षेत्रमा डोङफेङ ब्यालिस्टिक मिसाइल प्रहार गरेको ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्यले जनाएको छ।

मिसाइल स्थानीय समय १ बजे र ५६ मिनेटमा प्रहार गर्न थालिएको बताइएको छ।

ताइवानले पनि आफ्नो प्रतिरक्षाको लागि सम्बन्धित प्रणाली सुचारु गरेको जनाएको छ। यस्तै चीनको अविवेकी कदमको पनि भर्त्सना गरेको छ।

हाल चीनले ताइवानको समुन्द्री क्षेत्रमा सैन्य अभ्यास जारी राखेको बताएको छ। तर, अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइपेइ(ताइवानको राजधानी) भ्रमणका कारण यो तनाव उत्पन्न भएको बीबीसीले उल्लेख गरेको छ।

ताइवानले भने चीनको कदमले आफ्नो सार्वभौमसत्ताको हनन् गरेको जनाएको छ।

चीनले ताइवानलाई आफ्नै प्रान्तको रूपमा लिँदै आएको छ। यद्यपि ताइवान आफू स्वतन्त्र राष्ट्र भएको जिकिर गर्छ।

साउन १९, २०७९ बिहीबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।