हत्या गर्ने धम्की पाएपछि सलमान खानले लिए बन्दुक राख्ने लाइसेन्स

हत्या गर्ने धम्की पाएपछि सलमान खानले लिए बन्दुक राख्ने लाइसेन्स

एजेन्सीः बलिउड अभिनेता सलमान खानले बन्दुक राख्ने 'आर्म्स लाइसेन्स' पाएका छन्। उनले आत्मरक्षाका लागि बन्दुक राख्ने लाइसेन्स पाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केही समयअघि सलमान र उनका बुवा सलिम खानलाई मार्ने धम्की दिइएको थियो। लरेन्स विश्नोई नामका कुख्यात अपराधीले मार्ने धम्की दिएका थिए।

त्यसपछि मुम्बई पुलिसका कमिश्नरलाई भेटेर उनले बन्दुक राख्ने लाइसेन्स मागेका थिए।

यस्तै सलमानले हालसालै बुलेट प्रुफ गाडी पनि खरिद गरेका छन्। उनले सेतो रङ्गको बुलेट प्रुफ ल्याण्ड क्रुजर खरिद गरेका हुन्।

सलमान खान अचेल सार्वजनिक कार्यक्रममा पनि कम देखिन थालेका छन्।

साउन १९, २०७९ बिहीबार १०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।