पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यु

पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यु

पोखरा : पोखरामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पोखरा सभागृह चोकमा ग.१ ख.३८२५ नम्बरको पोखरा दमौली रुटमा चल्ने माइक्रो बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा मृत्यु भएको हो।

मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थायी घर भई पोखरा लेकसाईडमा बस्दै आएकी ७५ वर्षिया वृद्धा सुनमाया तिलिजाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी तिलिजालाई तत्कालै उद्धार गरेर उपचारका लागि पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) अस्पताल लगिएको थियो। तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीको जनाएको छ ।  

साउन १८, २०७९ बुधबार २०:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।